अनुसूची ११
“ख” वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता

अनुसूची–११
(नियम १० को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)

“ख” वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता

१. आर्थिक क्षमता ः प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा पचास लाख रुपैया“को चालु पु“जी देखाई उद्योग विभागमा दर्ता भएको हुनु पर्नेछ ।

२. कामको अनुभव ः घटीमा असी लाख रुपैया“को चार अलग अलग वा कूल तीन करोड बीस लाख रुपैया“ बराबरको विभिन्न सार्वजनिक निर्माण कार्यहरु आफैले सम्झौता गरी सन्तोषजनक रुपले सम्पन्न गरेको हुनु पर्नेछ ।

तर कम्तीमा दश वर्षको सार्वजनिक निर्माण कार्य सम्बन्धी अनुभव प्राप्त कम्तीमा एक जना सिभिल इन्जिनियर रहेको कम्पनी वा विगत दश वर्षमा दुई करोड रुपैया“ बराबरको निर्माण कार्य सम्बन्धी अनुभव भई ईन्जिनियर वा सो सरहको प्रमोटर वा शेयरहोल्डर रहेको कम्पनीलाई “ख” वर्गको निर्माण व्यवसायीमा वर्गीकरण गर्न यस खण्डले कुनै बाधा पु¥याएको मानिने छैन ।

३. मुख्य जनशक्ति विवरण ः सिभिल इन्जिनियरीङ विषयमा स्नातक तह उत्तीर्ण एक जना र सोही विषयमा प्रमाणपत्र तह उत्तीर्ण दुई जना प्राविधिक, कुनै विषयमा स्नातक तह उत्तीर्ण दुई जना र प्रमाणपत्र तह उत्तीर्ण दुई जना र वाणिज्य शास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जनशक्तिको सेवा पूरा समय प्राप्त हुने व्यवस्था हुनु पर्नेछ ।

४. मेशीन र उपकरण ः
(क) थियोडोलाईड (एक थान)
(ख) लेभल (दुई थान)
(ग) डम्पट्रक वा ट्रक (एक थान)
(घ) वाटर पम्प (दुई थान)
(ङ) कंक्रिट मिक्स्चर (दुई थान)
(च) भाइबे्रटर (चार थान)
(छ) ल्याव इक्यूप्मेण्ट (एक सेट)
(ज) व्याकहोइ, एक्स्काभेटर, बुलडोजर मध्ये कुनै एक थान
(झ) निम्न उपकरण मध्ये कम्तीमा दुई थान
(१) लोडर
(२) विटुमिन डिष्ट्रिव्यूटर ÷ स्प्रेयर
(३) वाटर ट्यांकर ÷ स्प्रेयर
(४) मोटर ग्रेडर
(५) थ्री व्हील रोलर
(६) एक टन रोलर
(७) न्यूमेटिक रोलर
(८) विटुमिन पेभर
(९) एस्फाल्ट मिक्स प्लाण्ट
(१०) क्रेन
(११) फोर्क लिफ्ट
(१२) क्रसर
(१३) कम्प्याक्टर
(१४) भाइवे्रटिङ रोलर
(१५) हाइड्रोलिक अगर
(१६) विञ्च
(१७) विल्डिङ होस्ट

द्रष्टव्य ः
१. उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणपत्रका साथै बीमा गरेको कागजातहरु पेश गर्नु पर्नेछ ।

२. माथि उल्लिखित यान्त्रिक उपकरणहरु ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एशोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ ।

३. माथि उल्लिखित यन्त्र उपकरणहरु दर्ता भएको मितिले घटीमा दुई वर्षसम्म बेचबिखन गर्न पाइने छैन ।

४. पन्ध्र वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरु निर्माण व्यवसायीको स्तर बृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागि मान्य हुने छैन ।